काठमाडौँ, १३ पुस । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.राजु पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।
यस अघि डा. भोजराज अधिकारी समितिको अध्यक्ष हुनुहुन्थ्यो । अधिकारी चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने भएपछि उहाँले राजीनामा दिनु भएको थियो । अधिकारीको राजीनामापछि रिक्त रहेको ठाउँमा पौडेललाई नियुक्त गरिएको हो । पौडेल फ्रेड्स अफ भरतपुर अस्पतालको संयोजक समेत हुनुहुन्छ । उक्त संस्थामा रहेर पौडेलले भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउनु भएको थियो ।