काठमाडौं, २ चैत। भरतपुर अस्पताल चितवनले १२ जना मेडिकल अधिकृत तथा विशेषज्ञ डाक्टर माग गरेको छ ।
अस्पतालले सूचना प्रकाशित गर्दै आठौँ तहमा मेडिकल अधिकृत र केही विशेषज्ञ डाक्टर माग गरेको हो ।
आठौँ तहको मेडिकल अधिकृत १२ जना भनी माग गरिएको छ । तर अस्पतालले १२ जनामध्ये ४ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खोलिएको तल उल्लेख गरेको छ । जसमा एक अर्थाेपेडिक सर्जन, एक जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्ट आवश्यक परेको भनेको छ ।
योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । आवश्यकताको सूचनामा आजको मिति राखिएपनि अस्पतालको पेजमा हिजो नै सूचना राखिएको छ ।
हेरौं सूचना:
