• सोमबार, १५ भदौ २०८३
  • images

    उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यौपानेको पदावधि थप

    उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यौपानेको पदावधि थप

    उद्योगलाई अझै सुदृढ गर्ने प्रतिबद्धता

    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यौपानेको पदावधि थप



     काठमाडौं,२८ मंसिर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि थप भएको छ । 
    उहाँ स्वास्थ्य क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ । 
    दुई वर्षे कार्यकालको लागि नियुक्त हुनुभएका महाप्रबन्धक न्यौपानेलाई सरकारले पुनः एक वर्षको लागि पदावधि थप गरेको हो । 
    उदयपुर सिमेन्ट कारखाना नेपाल सरकारको पूर्णस्वामित्व रहेको उद्योग हो । 

    २०७७ साल पुष २० गतेको मन्त्रीपरिषद्को निर्णयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपानेलाई नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सरकारी उद्योग तथा संस्थान शाखाले बुधवार न्यौपानेलाई एक वर्षको कार्यकाल थप गरेको जानकारी गराएको छ । 
    पत्रमा ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ /०९/२० को निर्णय अनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा २ वर्षको लागि तपाइलाई नियुक्त गरिएकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची ४ को क्रम सङ्ख्या १ र सोही निर्देशिकाको दफा ५ को व्यवस्था बमोजिम तपाइको पदावधि सुरु नियुक्तको निर्णय २०७७/०९/२० बाटै लागू हुनेगरि तीन वर्षको कायम गरिएको ब्यहोरा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०६/०७ को निर्णयअनुसार अनुरोध गरिन्छ ।’  

     उद्योगले आर्थिक वर्ष २०७६ र ७७ सम्म साढे पाँच अर्ब सञ्चित नोक्सानी  व्यहोरेको थियो । तर, महाप्रबन्धकका रूपमा न्यौपाने आइसकेपछि उद्योग नाफामा  गएको छ ।
     पहिले दैनिक चार हजार बोराभन्दा कम सिमेन्ट उत्पादन गर्दै आएकोमा न्यौपाने नेतृत्वमा आइसकेपछि आर्थिक वर्ष २०७८ /७९ मा सात हजार चार सय बोरा सिमेन्ट उत्पादन गरेको थियो ।    

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार