काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमलाई हटाएको छ । गौतमलाई प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरूवा गरेर उहाँको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ । गगन थापा स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालका मेसु रहेका डा. मरासिनी चिकित्सा क्षेत्रमा राम्रै चिकित्सकका रुपमा परिचित छन् । क्षमताका आधारमा तत्कालीन् स्वास्थ्यमन्त्री थापाले मरासिनीलाई भरतपुर अस्पतालको नेतृत्व दिएका थिए । त्यस्तै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा विवेक लाल कर्णलाई ल्याइएको छ । विवेकको ठाउँ सार्क क्षयरोग केन्द्रमा भने फाजिलमा रहेकी रिता भण्डारी जोशीलाई पठाइएको छ ।