• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार रुपैयाँ जरिवाना

    स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार रुपैयाँ जरिवाना

    सचिवलाई विभागीय कारबाही गर्न  पत्राचार

    हेल्दीखबर
    आइतबार, मंसिर ४ २०७९
    हेल्दीखबर
    आइतबार, मंसिर ४ २०७९
    स्वास्थ्यमन्त्री खापुङलाई ५ हजार रुपैयाँ जरिवाना

    काठमाडौं,४ मंसिर । निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।

    आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्य मन्त्री खापुङलाई निर्वाचन आयोगले ५ हजार जरिवाना गरेको  हो । स्वास्थ्य  मन्त्रीले आचारसंहिता विपरीत  वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेको आरोपमा ५ हजार जरिवाना गरेको हो। यस्तै  निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको छ ।

    यस्तै बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना गराएको  छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार