काठमाडौ । सरकारले डा.आस्था श्रेष्ठलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी स्वास्थ्य सेवाबाट हटाउने गरी तयारी थालेको छ ।
नेपाल एपिएफ अस्पताल बलम्बुमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा.श्रेष्ठले गत फागुन १२ गतेदेखि विदा स्वीकृत नगराई विना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको भन्दै डा.श्रेष्ठलाई विभागीय कारबाही गर्न लागिएको हो ।
पदीय जिम्मेवारी तथा आचरण विपरीत कार्य गरेको हुनाले श्रेष्ठलाई शसस्त्र प्रहरी नियमावली २०७२ को नियम १३३ को उपनियम १ ज अनुसार उहालाई विभागीय कारबाही गर्न लागिएको हो । उहाँलाई बाटोको म्याद बाहेक सात दिनभित्र स्पष्टिकरण पेश गर्न सूचना प्रकाशित गरिएको छ । गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार सूचना प्रकाशित भएको छ ।
हेरौंसूचनाः
