काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ् फुड पोइजन भएपछि वीर अस्पतालमा भर्ना हुनुभएको छ। शनिवार दिउसो खाना खाएपछि रिंगटा लाग्ने र बमिट भएपछि मन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको हो। मन्त्रीका सल्लाहकार डा. रमेश ढकालले स्वास्थ्य मन्त्रीलाई फुड पोइजन भएको जानकारी दिनुभयो। कोभीड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले स्वास्थ्यमा समस्या भएपछि मन्त्री उपचारका लागि अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो। परिक्षणको रिर्पोट आएकोमा उक्त रिपोर्ट राम्रो रहेको बस्नेतको भनाइ छ। खाना खाएपछि बमिट भएका कारण फुड पोइजन हुनसक्ने बताउनुभयो ।