१२ मंसिरसम्म आवेदन दिन सकिने
काठमाडौँ, १८ कात्तिक । नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते हुने भएको छ ।
नर्सिङ काउन्सिलले सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ ।
कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने छ ।
परीक्षामा सामेल हुने परीक्षार्थीहरू प्रवीणता प्रमाण पत्र तह नर्सिङ, विएससी नर्सिङ हुनुपर्नेछ । मिडवाइफतर्फका लागि मिडवाइफरीमा स्नातक गरेको हुनुपर्नेछ ।
मंसिर २४ गते शनिबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्म परीक्षा हुने पनि नर्सिङ परिषद्ले जानकारी दिएको छ ।
हेरौँसूचनाः
