काठमाडौं,२ कार्तिक । नेपाल फार्मेसी परिषद्को २० औं लाइसेन्स कार्तिक ५ गते हुने भएको छ।
परिषद्का अनुसार फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने छ। परीक्षा बिहान १० बजे सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
परीक्षार्थीले अनिवार्य रुपमा आफ्नो विवरण खुल्ने फोहो सहितको परिचय पत्र सहित उपस्थित हुनुपर्ने परिषद्ले जनाएको छ।