काठमाडौँ, २७ असोज । बिहिवार देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप १ हजार ७८६ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सक्रिय संक्रमितको संख्या ६२२ रहेको छ ।
आज थप २१ जना निको भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।