काठमाडौँ, ५ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले संचालन गरेको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत १ असोज देखि ५ गतेसम्म परिक्षा भएको थियो। उक्त परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार परिक्षाको लागि ४ हजार ९३२ जनाले आवेदन दिएका थिए। ती मध्य परिक्षामा ४ हजार ७६५ जना मात्रै सहभागी भएका थिए । परिक्षा दिएकामध्य २ हजार ९४५ जना (६१.८ प्रतिशत) उत्तीर्ण भएका छन् ।
परिषद्ले विशिष्ठ तहमा १३२ जनाले परीक्षा दिएकोमा ५८ जना (४३.९ प्रतिशत), प्रथम तहमा ८७६ जनामध्ये ३४० (३८.८ प्रतिशत) र द्धितीय तहमा ३ हजार ७५७ जनामध्ये २ हजार ५४७ जना(६७.८ प्रतिशत) उत्तीर्ण जानकारी दिएको छ । 