• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पताल अगाडी रहेका औषधि पसल हटाउन २४ घण्टे अल्टिमेटम

    वीर अस्पताल अगाडी रहेका औषधि पसल हटाउन २४ घण्टे अल्टिमेटम

    हेल्दीखबर
    बुधबार, असोज ५ २०७९
    हेल्दीखबर
    बुधबार, असोज ५ २०७९
    वीर अस्पताल अगाडी रहेका औषधि पसल हटाउन २४ घण्टे अल्टिमेटम


    काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसल हटाउने भएको छ । 
    महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो तीन बजे वीर अस्पताल परिसरमा रहेका औषधि पसलमा गई २४ घण्टाभित्र पसल हटाउन निर्देशन दिनुभएको हो । 
    उहाँले यसअघि नै ३५ दिने सूचना जारी गरेको भन्दै २४ घण्टाभित्र औषधि पसल नहटाए डोजर चलाउने चेतावनी दिनुभएको हो । 

    वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले औषधि पसल रहेका टहरा हटाउन सूचना जारी गरेको हो। 

    महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन निर्देशन दिएको छ । 
     स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको छ। 

    महानगरको नगर प्रमुख राजु पाण्डेले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा तत्काल हटाउन माइकिङ गरिएको जानकारी दिनुभयो । 
    ‘नक्सामा हेर्दा  औषधि पसलहरु राखिएका टहरामा गार्डेन (बगैँचा) उल्लेख छ भन्दै उहाँले ‘त्यसैले ती टहरा (औषधि पसल) खाली गरेर बगैँचाको रुपमा प्रयोग गर्नका लागि हटाउन लागिएको हो । 
    महानगरले एउटा नाममा नक्सा पास गरेर अर्के प्रयोजनमा ल्याएका संरचनाहरु हटाउन ३५ दिने सुचना जारी गरेको र औषधि पसल जस्तो संवेदनशील सेवाहरु सञ्चालन भएकाले माङकिङ गरेर समय दिइएको महानगरको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार