नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सिद्धार्थ वैश्य मृत फेला पर्नुभएको छ। कलेजको होस्टेलमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो। सिद्धार्थ कोहलपुर चिसापानीस्थित नेपालगन्ज मेडिकल कलेजको छात्रबासमा पंखामा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो। सिदार्थले सुसाइड नोट लेखेको फेला परेको छ । उनले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । सुसाइड नोटमा लेखिएको विषयबारे प्रहरीले अहिले नै केही खुलाएको छैन । शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।