काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरुको नाम दर्ता ( लाइसेन्स) परीक्षा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन् संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा हिजो दुई चरणमा सञ्चालन गरिएको थियो ।
काउन्सिलका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी थिए ।