• सोमबार, १५ भदौ २०८३
  • images

    करारमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको बाध्यताको हल गर्न पहल गर्छुः स्वास्थ्य राज्यमन्त्री केसी 

    करारमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको बाध्यताको हल गर्न पहल गर्छुः स्वास्थ्य राज्यमन्त्री केसी 

    हेल्दीखबर
    बुधबार, असार २९ २०७९
    हेल्दीखबर
    बुधबार, असार २९ २०७९
    करारमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको बाध्यताको हल गर्न पहल गर्छुः स्वास्थ्य राज्यमन्त्री केसी 


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले लामो समयदेखि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले करारमा काम गरिरहेको भन्दै  करारमा काम गर्ने बाध्यताको हल गर्न पहल गर्ने बताउनुभएको छ ।  
    भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमनका क्रममा अस्पतालमा कार्यरत कर्मचारीले वर्षौदेखि करारमा काम गरिरहेको बताएपछि राज्यमन्त्री केसीले करारको समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको हो । 
     अनुगमनका क्रममा उहाँल विरामीमैत्री सेवा प्रबाह गर्न निर्देशन दिनुभयो ।  प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलासिस सेवा लिन र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न पनि निर्देशन दिनुभयो । 
    अहिलेपनि सजिलैसंग केन्द्रबाट डायलायसिस गर्न कठिनायी हुने भन्दै उहाँले प्रत्यारोपणको लागि पालो कुर्नुपर्ने अवस्थाको पनि अन्त्य गरिनुपर्ने बताउनुभयो । 
    प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्नका लागि आफूले सहयोग गर्ने उहाँको भनाइृ थियो । 
     राज्य मन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको बताउनुभयो । 
    भक्तपुर क्यान्सर अस्पतालमा ५ सय शैया आवश्यक रहेको उहाँको भनाई छ । अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने उहाँको भनाई छ । 
    सो अवसरमा कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परीमार्जन गर्न स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार