काठमाडौँ । नेपाल नर्सिङ परिषदको आज सम्पन्न ३० औं लाइसेन्स परीक्षामा ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परिषदकी रजिष्टार बिन्दा घिमिरेले परीक्षामा नर्सिङ तर्फ पाँच हजार ३९६ जना सहभागी मध्ये चार हजार २३४ जना (७८ दशमलब ४६ ) पास भएको जानकारी दिनुभयो ।
मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना अथात् ५० प्रतिशत उत्तीर्ण भएका छन् ।