• सोमबार, १५ भदौ २०८३
  • images

    दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण पुष्टि

    दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण पुष्टि

    हेल्दीखबर
    बुधबार, असार २२ २०७९
    हेल्दीखबर
    बुधबार, असार २२ २०७९
    दुई जनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ  परीक्षणमा  दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो।

    संक्रमितको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएकोमा दुई जनामा  ‘बीए फाइभ’ पुष्टि भएको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार