• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सक कुटपिटमा संलग्नलाई कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग 

    चिकित्सक कुटपिटमा संलग्नलाई कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग 

    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    चिकित्सक कुटपिटमा संलग्नलाई कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघको माग 

    काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा कुलबहादुर घिसिङमाथि भएको कुटपिटका दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ। यही असार १२ गते पैदल हिडिरहेको अवस्थामा ललितपुरका ट्राफिक प्रहरीले डा घिसिङमाथि कुटपिट गरी घाइते बनाएका थिए।

    संघले विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्न व्यक्तिलाई यथाशक्य कानुनी कारबाही गरी घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्तिसुरक्षा कायम गर्न तथा आगामी दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहोर्‍याउने परिस्थिति सिर्जना सम्बन्धित निकायसँग माग गरेको छ।

    ‘सुरक्षाकर्मीबाट नै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैरमानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ,’ संघले भनेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार