• सोमबार, १५ भदौ २०८३
  • images

    ढल थुनिँदा काठमाडौँको कपन क्षेत्र डुबानमा

    ढल थुनिँदा काठमाडौँको कपन क्षेत्र डुबानमा

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    ढल थुनिँदा काठमाडौँको कपन क्षेत्र डुबानमा


    काठमाडौं ।
    ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ । सडकको किनारबाट पानी पठाउने व्यवस्था नहुनु र ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो । 
    चाबहिलको गोपीकृष्ण हल नजिकैको ढल फुटेर सडकबाट पानीको भेल निस्कने गरेको छ । कालोपत्र गरिएको सडक पनि ढलको पानीले उप्काएकाले ठूलाठूला खाल्डा बनेका छन् ।मिलनचोकमा पानी परेपछि सडक र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन् । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल, साइकल र स्कुटर चलाउनेले खाल्डो नदेख्दा दुर्घटनासमेत हुने गरेको छ । घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण हातमा जुत्ता बोकेर पैदल हिँड्न बाध्य छन् । 
    धेरैपटक सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग बाटो मर्मत तथा स्तरोन्नतिका लागि माग गरेपनि ‘हुन्छ’ भन्ने तर काम नगर्ने प्रवृत्तिले वर्षौंदेखि यस्तो समस्या खेप्दै आएका कपनवासी हैरान भएका छन् । लामो समयदेखि खनिएको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भेलले यहाँका बासिन्दा र व्यावसायी आजित भएका छन् ।यस्तो समस्या समाधान नहुँदा व्यवसाय नै चौपट भएको उनीहरूको गुनासो छ । गुनासो सुनेर समस्या समाधान गर्न चासो दिने कोही नहुँदा उनीहरु झन आक्रोशित भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार