• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बाढीपहिरोबाट १०१ जनाको मृत्यु,कुन प्रदेशमा कति ?

    बाढीपहिरोबाट १०१ जनाको मृत्यु,कुन प्रदेशमा कति ?

     ४० जना  घाइते

    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    बाढीपहिरोबाट १०१ जनाको मृत्यु,कुन प्रदेशमा कति ?


    काठमाडौ । अविरल वर्षा तथा बाढीको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १०१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क बिहीबार साँझसम्मको हो । 
    प्रहरी प्रधान कार्यालयले बाढीपहिरोमा परी  प्रदेश १ मा ६० जना, बागमती प्रदेशमा एक जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १०१ जनाको मृत्यु भएको प्रष्ट पारेको छ । प्रदेशमा  १ मा १९ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।
    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

    बाढीपहिरोमा परी  प्रदेशमा १ मा १३ जना,  प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
    बाढीको कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै बाढीपहिरोमा परि १३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७  घर परिवार विस्थापित भएका छन् ।
    यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार