काठमाडौं,१५ असार । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले थप सेवा विस्तार गरेको छ । अस्पतालले अवदेखि फार्मेसीलाई २४ सैं घण्टा खुला गर्ने भएको छ ।
अस्पतालका नवनियुक्त डा. अनुप बाँस्तोलाले रेडियोलोजी अन्तर्गत सिटि स्क्यान सेवामा सिटि एन्जीओ परीक्षण पनि थप गरिएको बताउनुभयो । सिटि एन्जिओ परीक्षणको ६५ सय पर्ने जनाइएको छ । उहाँले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल हाताभित्र सञ्चालनमा रहेको अब फार्मेसी २४ सैं घण्टा खुला रहने जानकारी दिनुभयो ।
