• सोमबार, १५ भदौ २०८३
  • images

     विपन्न नागरिक सुविधाको औषधी वीपी प्रतिष्ठानको फार्मेसीबाट खरिद गर्नुपर्ने

     विपन्न नागरिक सुविधाको औषधी वीपी प्रतिष्ठानको फार्मेसीबाट खरिद गर्नुपर्ने

    हेल्दीखबर
    बिहीबार , जेठ २६ २०७९
    हेल्दीखबर
    बिहीबार , जेठ २६ २०७९
     विपन्न नागरिक सुविधाको औषधी वीपी प्रतिष्ठानको फार्मेसीबाट खरिद गर्नुपर्ने

    धरान । नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतका रोगको औषधि अब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीबाट खरिद गर्नुपर्ने भएको छ ।

     मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाईमर, मिर्गौला  रोगका विरामीहरुले वीपी प्रतिष्ठानमा उपचार गर्ने क्रममा चिकित्सकले प्रेस्कीप्सन गरेको औषधी अबदेखि अनिवार्यरुपमा प्रतिष्ठानकै फार्मेसीबाट खरिद गर्नुपर्ने भएको हो  ।

     प्रतिष्ठानका अनुसार असार १ गतेदेखि लागु हुने गरि यस्तो निर्णय भएको हो । यसरी प्रतिष्ठानको फार्मेसीबाट खरिद गरेवापत प्राप्त हुने बिलविजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराएर शोधभर्नाको लागि दाबी गर्नुपर्ने छ ।

    प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलले प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामग्री उपलब्ध हुन नसके अधिकारप्राप्त फार्मेसीको कर्मचारीबाट प्रमाणित गराएर बाह्य फार्मेसीबाट खरिद गरेको भएमात्र शोधभर्ना दाबी गर्न पाउने बताउनुभयो ।

     प्रतिष्ठानको फार्मेसी पूर्णरुपमा संचालनमा आईसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामाग्रीहरु उपलब्ध भएको छ ।

     प्रतिष्ठानको फार्मेसी सञ्चालनमा नआउदा नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको उपचारको औषधी तथा औषधीजन्य सामग्रीहरु बाहिरको औषधी पसलबाट खरिद गर्दा बिल शोधभर्नाको लागि सिधै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार