काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै नौ जना संक्रमित निको भएका छन् ।
अघिल्लो दिन १९ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा ८ जना तथा एक हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ११० रहेको छ । ती मध्ये होम आइसोलेसनमा ११० जना र संस्थागत आइसोलेसनमा शून्य रहेका छन् । यस्तै आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या पनि शून्य रहेको छ ।