• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सकको लाइसेन्स परीक्षामा ३१ प्रतिशत पास, ६८ प्रतिशत फेल

    चिकित्सकको लाइसेन्स परीक्षामा ३१ प्रतिशत पास, ६८ प्रतिशत फेल

    हेल्दीखबर
    शनिबार, जेठ १४ २०७९
    हेल्दीखबर
    शनिबार, जेठ १४ २०७९
    चिकित्सकको लाइसेन्स परीक्षामा ३१ प्रतिशत पास, ६८ प्रतिशत फेल
    नेपाल मेडिकल काउन्सिल

    काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परिक्षामा ३१.८४ प्रतिशत विधार्थी मात्रै उत्तीर्ण भएका छन् । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी ३१ दशमलव ८४ प्रतिशत चिकित्सक पास भएका हुन् । ६८ प्रतिशत चिकित्सक भने फेल भएका छन् । 
    काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले तीन दिने परीक्षामा कुल १ हजार ४९४ जना सहभागी भएको जानकारी दिनुभयो। यी मध्ये ४७५ जना मात्रै पास भएका छन् । परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित थिए । यस्तै दुई  जनाको नतिजा रोकिएको छ । अधिकारीले १ हजार १७ जना अनुतिर्ण भएको बताउनुभयो । लाइसेन्स परिक्षा विहीबार देखि तीन दिन सम्म भएको थियो।  लाइसेन्स परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा भएको थियो ।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार