• सोमबार, १५ भदौ २०८३
  • images

     ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन  अदालतको आदेश 

     ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन  अदालतको आदेश 

    हेल्दीखबर
    मंगलबार, जेठ १० २०७९
    हेल्दीखबर
    मंगलबार, जेठ १० २०७९
     ग्राण्डी अस्पताललाई ३५ लाख क्षतिपूर्ति भराउन  अदालतको आदेश 

    काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नवजात शिशु रिहानको उपचारमा लापरवाही गरेको भन्दैं अदालतले ३५ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनले  दुई वर्षपछि  सन्जीवचन्द्र न्यौपानेले दायर गरेको रिटमा सुनुवाई गर्दै  न्यायाधीस सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको हो। २७ फागुन २०७६ मा सन्जीवले छोरा रिहानको उपचारमा संलग्न चिकित्सक, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र मेडिकल काउन्सिल विरुद्ध उच्च अदालत पाटनमा मुद्धा हालेका थिए । रिहानका बुवा सन्जीव र आमा एकता घिमिरे सुरुमा ग्राण्डीले रिहानको उपचार लापरवाही गरेको भन्दैं मेडिकल काउन्सिलमा पुगेका थिए । काउन्सिलले घटनामाथि अनुसन्धान गर्दै उपचारमा संलग्न चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  उपचारकै क्रममा रिहानमा ब्याक्टेरियाको गम्भीर संक्रमण देखिएको थियो । अस्पतालले रिहानको टाउकोको ५ पटक शल्यक्रिया गरिएको थियो  । सो क्रममा शिशुलाई  झण्डै १० महिना अस्पतालमा राखेर उपचार गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार