काठमाडौं । नेपाली महिला चिकित्सक डाक्टर प्रीति भुसालद्वारा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। भुसाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुन्छ । भुसाल सहितको टोलीले बिहीबार विहान सगरमाथाको सफल आरोहण गरेको हो।अर्घाखाँची स्थायी घर भएकी भुसाल हाल मेडिकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो ।
प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको आफ्नो दोस्रोे लक्ष्य रहेको उहाँले बताउनुभयो । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा पनि आफूले सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो