विराटनगर । विराटनगर आँखा अस्पतालले विभिन्न पदमा ६ जना स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले करार सेवामा अस्पतालबाट सञ्चालन हुन लागेको ‘सुन्दर संसार’ प्रोजेक्टको लागि स्वास्थ्यकर्मी माग गरेको हो ।
अस्पतालले कार्यक्रम पर्यवेक्षक, सामुदायिक स्वास्थ्य कार्यकर्ता, नेत्ररोग सहायक र सहायक अप्टिकल सहायक पदमा कर्मचारी आव्हान गरेको छ । उक्त पदका लागि अस्पतालले उमेरको हदमा ३५ वर्ष ननाघेको तोकेको छ ।
अस्पतालका अनुसार इच्छुक उम्मेदवारले जेठ १९ गतेसम्म शैक्षिक प्रमाणपत्र, बायोडाटा, निवेदन तथा नागरिकताको फोटोकपीसहित अस्पतालको प्रशासन र इमेलमार्फत आवेदन दिन सक्नेछन् । हेरौंसूचना: 