• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर, नर्ससहित सरकारी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग 

    डाक्टर, नर्ससहित सरकारी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग 

    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस ९ २०७८
    डाक्टर, नर्ससहित सरकारी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग 


    काठमाडौ । डाक्टर, नर्ससहित सरकारी सेवामा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग भएको छ । 
    लुम्बिनी प्रदेश सरकार अन्तर्गत  भीम अस्ततालका लागि यी स्वास्थ्यकर्मीको माग भएको हो । 
    लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले  सूचना प्रकाशन गरी करारमा नियुक्तिका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको माग गरेको हो ।

    पदपूर्ति तर्फ २० जना र नयाँ नियुक्तितर्फ ३१ जना गरी ५१ जना कर्मचारीको माग गरिएको छ । 

    मेडिकल अफिसरदेखि डेन्टल सर्जन, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोजिष्ट, नर्सिङ्ग अधिकृत, स्टाफ नर्स,कनमी देखि कार्यालय सहयोगीसम्म माग गरिएको छ।
     अस्पताललाई ५० शैय्यामा स्तरोन्ती गरिने भएकाले २०७९ असार मसान्तसम्म करारमा कर्मचारी माग गरिएका प्रदेश स्वास्थ्य मन्त्रालयले भनेको छ।

    सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिक पद अनुसार आवश्यक कागजात सहित आवेदन दिन भनिएको छ ।
    हेरौंसूचनाःvaccine bhim.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार