• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य सचिव डा.रोशन पोखरेल अस्पताल भर्ना 

    स्वास्थ्य सचिव डा.रोशन पोखरेल अस्पताल भर्ना 

    हेल्दीखबर
    मंगलबार, असोज २ २०८०
    हेल्दीखबर
    मंगलबार, असोज २ २०८०
    स्वास्थ्य सचिव डा.रोशन पोखरेल अस्पताल भर्ना 

    काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलको मुटुमा समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् ।
    हाल सचिव पोखरेललाई महाराजगन्जस्थित मनमोहन कार्डियो तथा भास्कुलर सेन्टर भर्ना गरिएको छ । 
    सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले स्वास्थ्य  सचिव पोखरेलको अवस्था सामान्य रहेको  जानकारी दिए । उनले सचिव पोखरेलको रक्तचाप, मुटुको चाल ठिक रहेको भन्दै २४ घण्टा मेडिकल निरीक्षणमा राखिने बताए ।
    आज दिउँसो स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेको बेला छातीमा दुखाइ भएपछि उहाँ  उपचारका लागि वीर अस्पताल पुग्नुभएको थियो ।
     वीर अस्पतालबाट थप उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो तथा भास्कुलर सेन्टर रेफर गरिएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार