काठमाडौं । नेकपा एमाले पार्टीसंग आस्था राख्ने स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ’ नेपालको महाधिवेशनले१५१ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ ।काठमाडौंमा चैत २५ गतेदेखि भएको महाधिवेशनले सर्वसम्मतिबाटै कार्यसमिति चयन गरेको हो ।
अध्यक्षमा डा.झलक गौतम निर्वाचित हुुनुभएको छ । महासचिवमा डा.सन्तोष पौडेल निर्वाचित हुनुभयो ।
उपाध्यक्षमा भिमराजसिंह, शारदा खनाल, रामहरी ढकाल, र जगत नेपाली उपाध्यक्ष निर्वाचित हुनुभयो ।
यसैगरी उपमहासचिवमा अमृता बराल र हिमालय तिवारी हुनुहुन्छ ।
यसैगरी सचिवमा प्रदेश १ मा रामचन्द्र मिश्र, मधेष प्रदेशमा डा.धमेन्द्र यादव, बागमती प्रदेशमा नारायण पौडेल, गण्डकी प्रदेशमा लक्ष्मण बसौंला, लुम्बिनी प्रदेशमा खगराज पोखरेल, कर्णाली प्रदेशमा शुशिल शाही र सुदुरपश्चिममा शिद्द ढुंगाना चयन हुनु भएको छ । सचिवमै उपत्यका तर्फ रुपा केसी र कोषाध्यक्षमा अञ्जु बस्नेत छनौट हुनुभएको छ ।
महाधिवेशनले निर्वाचित गरेका केन्द्रीय सदस्यहरुः





