• बिहीबार , ५ कात्तिक २०८३
  • images

    काँग्रेस निकट ३८  स्वास्थ्यकर्मी  एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रवेश

    काँग्रेस निकट ३८  स्वास्थ्यकर्मी  एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रवेश

    हेल्दीखबर
    शनिबार, असोज ९ २०७८
    हेल्दीखबर
    शनिबार, असोज ९ २०७८
    काँग्रेस निकट ३८  स्वास्थ्यकर्मी  एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रवेश


    सुर्खेत । नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघका ३८ जना सदस्यहरु नेकपा एमाले निकट ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल’मा प्रवेश गरेका छन् ।

    नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका क्षेत्रीय सभापति गगन पाण्डे सहित उनीहरु एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रवेश गरेका हुन् । संघका प्रदेश कमिटि सचिव सुशील शाहीले शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कमिटी सुर्खेतको आयोजनमा भएको जिल्ला भेलामा काँग्रेस निकट स्वास्थ्यकर्मीहरु प्रवेश गरेको जानकारी दिनुभयो । 

    images

    भेलालाई सम्वोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दले आगन्तुक स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै स्वास्थ्यकर्मीको हक हितका लागि थप एक जुट भएर अघि बढ्ने बतााउनुभयो । 

    भेलामा नेकपा सुर्खेतका अध्यक्ष एवं सांसद ध्रुब शाहीले महामारीका बेलामा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै योगदानको प्रशंशा गरेका गर्नुभयो । उहाले  नव प्रवेशी स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरु बृत्तिविकासको लागि पार्टी सधै लागि पर्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार