• सोमबार, १५ भदौ २०८३
  • images

     स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन तथा छात्रवृत्ति मनोनयनका लागि आवेदन माग 

     स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन तथा छात्रवृत्ति मनोनयनका लागि आवेदन माग 

    हेल्दीखबर
    आइतबार, चैत २७ २०७८
    हेल्दीखबर
    आइतबार, चैत २७ २०७८
     स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीलाई वैदेशिक अध्ययन तथा छात्रवृत्ति मनोनयनका लागि आवेदन माग 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  वैदेशिक अध्ययन छात्रवृत्ति मनोनयनका लागि आवेदन दिन सूचना जारी गरेको छ । मन्त्रालयले आफु मातहतका कर्मचारीलाई चीन तथा थाइ सरकारद्वारा प्रदान गर्न लागिएको स्वास्थ्य, प्रशासनिक लगायतका विषयगत विधाका लागि आवेदन माग गरेको सूचना जारी गरेको छ। 
    मन्त्रालयले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको छ। छात्रवृत्तिका लागि शुरु नियुक्ति पत्रको प्रतिलिपि, समायोजन पत्रको प्रतिलिपि, अद्यावधिक पिआइएस, मन्त्रालयबाट लिएको पूर्व स्विकृति पत्रको प्रतिलिपि, सेवा अवधि र दुर्गम क्षेत्र सेवा खुलेको हाल कार्यरत कार्यालयबाट प्रमाणितपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार