• सोमबार, १५ भदौ २०८३
  • images

    स्त्रीरोग विशेषज्ञको सहभागितामा कस्मेटिक गाइनोकोलोजी कार्यशाला सुरु

    स्त्रीरोग विशेषज्ञको सहभागितामा कस्मेटिक गाइनोकोलोजी कार्यशाला सुरु

    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    हेल्दीखबर
    बुधबार, चैत १६ २०७८
    स्त्रीरोग विशेषज्ञको सहभागितामा कस्मेटिक गाइनोकोलोजी कार्यशाला सुरु

    काठमाडौं । काठमाडौ । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)कोे आयोजनामा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी कार्यशाला सुरु भएको छ । 
    नेसोग तथा धरती मेडिटेक प्रालिको सहकार्यमा कार्यशाला सुरु भएको हो । कार्यशालाको उद्घाटन नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) का अध्यक्ष प्राडा गणेश दंगालले गर्नुभयो । 

    १६ औं राष्ट्रिय सम्मेलन अन्तर्गत उक्त कार्यशाला सुरु भएको हो । 
     कार्यशालामा देशभरका ४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुले सहभागी जनाएका छन्।

    कस्मेटिक गाइनोकोलोजीेको विश्वभर माग भइरहेको र नेपालबाट यो सेवा लिन विदेशमा गईरहेको अवस्थामा नेसोगले कार्यशाला आयोजना गरेको जानकारी दिएको छ । 
    दुई दिने कार्यशालामा महिलाहरुको योनीमा हुने असहजता र समस्याहरुको निराकरण कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ।

    हास्दा, खोक्दा, कामगर्दा पिसाब चुहिने र महिनावारी रोकिन लाग्दा वा महिनावारी रोकिएपछि योनीमा हुने सुख्खापना आदिको उपचारको विषयमा कार्यशाला केन्द्रित रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार