• सोमबार, १५ भदौ २०८३
  • images

    गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा राख्न माग 

    गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा राख्न माग 

    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा राख्न माग 


    काठमाडौं,२ साउन । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)ले गर्भवती महिलालाई पनि कोरोनाविरुद्धको खोप पाउने सूचिको प्राथमिकतकामा राख्न सरकारसंग माग गरेको छ । गर्भवतीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहने भन्दै गर्भवती महिलालाई पनि खोप पाउने सूचीमा राख्न माग गरिएको हो । 

    खोप लगाएर भन्दा नलगाउँदा आमा र बच्चा दुवैलाई कोरोनाको जोखिम हुने नेसोगले जनाएको छ । 

    ‘कोरोना खोपले आमा र बच्चालाई असर गरेको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको नेसोगले बताएको छ । 
    भारत, अमेरिका, बेलायतका प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुले पनि गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिन मिल्ने निष्कर्ष निकालेकोले नेपालमा पनि उनीहरुलाई खोप दिनुपर्ने माग बढेको छ । नेपालमा पहिले  गर्भवती महिलाले खोप लगाउन नमिल्ने भ्रम थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार