काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेष्टट्युव बेबी सञ्चालन गरीरहेका टेष्ट ट्युब बेबी केन्द्र (आइभिएफ) सेन्टरहरुलाई सञ्चालन स्वीकृतिका लागि १५ दिनभित्र आवस्यक कागजात सहित मन्त्रालयमा निवेदन दिनका लागि निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै टेष्ट ट्युब बेबी (आइभिएफ) सेन्टरहरुलाई १५ दिनििभत्र दर्ता प्रक्रियामा नआए कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
मन्त्रालयले जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम नीजि,गैरसरकारी,सरकारी र गैरनाफामुलक सामुदायीक स्वास्थ्य सस्था सञ्चालनका लागि सोही नियमावलीको अनुसुची ९ बमोजिमका स्वास्थ्य सस्थाले मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने भन्दै १५ दिनभित्र इजाजत लिन सूचना जारी गरेको हो ।
विस्तृत जानकारीको लागि स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा सम्र्पक गर्नका लागि मन्त्रालयले भनेको छ ।
हाल सञ्चालनमा आएका प्रसूति गृह र नर्भिक अस्पताल बाहेक अन्य आइभिएफ सेन्टरले सञ्चालन गरेका आइभिएफ सेन्टर सरकारको अनुमतिविना चलाइएका हुन् ।
हेरौंसूचनाः 