• सोमबार, १५ भदौ २०८३
  • images

    एक लाख राशीको उत्कृष्ट  स्वास्थ्य सेवा पुरस्कार डा. कंडेललाई

    एक लाख राशीको उत्कृष्ट  स्वास्थ्य सेवा पुरस्कार डा. कंडेललाई

     ५० हजार राशीको पुरस्कार पाउने चार जना को हुन?

    हेल्दीखबर
    आइतबार, फागुन १५ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन १५ २०७८
    एक लाख राशीको उत्कृष्ट  स्वास्थ्य सेवा पुरस्कार डा. कंडेललाई

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसवर्षको उत्कृष्ट  स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कंडेललाई प्रदान गर्ने भएको छ । २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज उहाँलाई उत्कृष्ट  पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम छ । एक लाख रासीको यो पुरस्कार पाउने उनी बेनी अस्पतालका मेडिकल अधिकृत हुनुहो ।

    यस्तै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार जना स्वास्थ्यकर्मी पुरस्कृत गरिदैछ। यसरी पुरस्कृत हुनेहरुमा धनकला थापा अनमी बाजुरा अस्पताल, ओम आचार्य ल्याव टेक्निसियन निरीक्षक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत, रामप्रवेश साह, ल्याव टेक्निसियन प्रादेशिक अस्पताल गौर र योगेन्द्र कट्टेल सीअहेव चतरा प्राथमिक स्वास्थ्य केन्द्र वराह क्षेत्र सुनसरी हुनुहुन्छ ।  आज स्वास्थ्य मन्त्रालयमा हुने विशेष समारोहमा उहाँहरु पुरस्कृत हुनुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार