• सोमबार, १५ भदौ २०८३
  • images

    आजदेखि गण्डकी प्रदेशका निजी तथा सरकारी अस्पतालहरुमा बिरामीहरुले निशुल्क रगत प्रयोग गर्न पाउने

    आजदेखि गण्डकी प्रदेशका निजी तथा सरकारी अस्पतालहरुमा बिरामीहरुले निशुल्क रगत प्रयोग गर्न पाउने

    हेल्दीखबर
    आइतबार, फागुन १ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन १ २०७८
    आजदेखि गण्डकी प्रदेशका निजी तथा सरकारी अस्पतालहरुमा बिरामीहरुले निशुल्क रगत प्रयोग गर्न पाउने

    काठमाडौं । गण्डकी प्रदेशमा आजदेखि निजी तथा सरकारी अस्पतालहरुमा बिरामीहरुले निशुल्क रगत प्रयोग गर्न पाउने भएका छन् ।

    रगत आवश्यक पर्ने बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत लिँदा परीक्षण र अन्य शुल्कका नाममा तिर्दै आएको रकम अब तिर्नुपर्दैन ।


    गत सोमबार प्रदेश मन्त्रिपरिषद् बैंठकले ‘रगत तथा रगतजन्य सेवा निशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ पारित गर्दै फागुन १ गतेदेखि प्रदेश भित्रका सबै सरकारी तथा निजि अस्पतालहरुमा रगत निशुल्क गर्ने निर्णय गरेको थियो ।
    कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत तथा रगत परीक्षण निशुल्क रुपमा दिनुपर्ने उल्लेख गरिएको छ ।
    गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी रगत खपत हँदै आएको र प्रदेशमा मात्र दैनिक ७० देखि ८० पिन्ट रगतको माग भएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार