काठमाडौं । थप ८ लाख ८२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तरगत सोमबार बेलायत सरकारले सहयोग गरेको उक्त खोप नेपाल आइपुगेको हो।
यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४०० मात्रा र इटालीले ६ लाख ३३ हजार ६०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएका थिए।