• आइतबार, ८ कात्तिक २०८३
  • images

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण

    हेल्दीखबर
    मंगलबार, माघ १८ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ १८ २०७८
    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण

    काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको सार्वजनिक गरेका हुन्। 

    'मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु' उनले भनेका छन्। 

    images

    उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्। उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार