• सोमबार, १५ भदौ २०८३
  • images

    ५५ हजार बढीले लगाए काठमाडौँमा  भेरोसेल खोप

    ५५ हजार बढीले लगाए काठमाडौँमा  भेरोसेल खोप

    हेल्दीखबर
    बिहीबार , असार ३१ २०७८
    हेल्दीखबर
    बिहीबार , असार ३१ २०७८
    ५५ हजार बढीले लगाए काठमाडौँमा  भेरोसेल खोप

    काठमाडौँ, ३१ असार । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा मंगलबार र बुधबार  कुल ५५ हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । उनिहरुले भेरोसेलको पहिलो मात्रा लगाएका हुन्  । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले मंगलबार केही खोप केन्द्रबाट १२ हजार ३७२ जनाले र बुधबार ४८ वटा खोप केन्द्रबाट ४३ हजार ४५८ जनाले खोप लगाएको जानकारी दिनुभयो ।     जिल्लामा पहिले तय गरिएका ४४ र बुधबार थपिएका ४ सहित कुल ४८ वटा खोप केन्द्रबाट सो परिमाणमा खोप लगाइएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

    खड्काका अनुसार  बुधबार कान्तिपुर अस्पताल, स्तुपा अस्पताल, रामघाट अस्पताल र राधास्वामी केन्द्र सामाखुशीमा खोप केन्द्र थपिएको जानकारी दिनुभयो ।
    विहीबार कान्ति बाल अस्पताल र नरदेवी आयुर्वेद अस्पतालमा गएर समेत भेरोसेलको पहिलो डोज लगाउन सकिने छ । यी दुईसंगै भेरोसेल लगाउने काठमाडौंको खोप केन्द्र आज ५० स्थान पुगेको छ। स्वास्थ्य कार्यालय काठमाडौँले स्वास्थ्य सेवा विभागले निर्धारण गरेको मापदण्ड अनुसार प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप दिएको छ ।
    विभागले ५५ बर्ष माथिका खोप पाउन बाँकी सबै, शिक्षक कर्मचारी प्राध्यापक, सवारी चालक, सहचालक तथा खोप अनिवार्य गरिएका देशमा जान लागेका व्यक्तिलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार