काठमाडौं, १९ असार । आगामी साता चीनबाट आउने १० लाख खोप प्राथमिकताको आधारमा लगाईने सरकारको तयारी रहेको छ । परिवार कल्याण महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले आगामी साता चीनबाट नेपाल आउने खोप प्राथमिकताका आधारमा दिईने जानकारी गराउनुभयो । डा.गौतमले उक्त खोप संघसस्था, वैदेशिक रोजगारीमा जानेहरुले खोपको माग गरिरहेकोले उनीहरु समेतलाई लगाईने उल्लेख गर्नुभयो । ती बाहेक ६० वर्ष माथिका उमेर समूहलाई पनि खोप लगाईनेछ । यसअघि लगाइसकेका कारण बाँकी रहेकालाई पनि खोपको सुनिश्चितता गर्दै नयाँ उमेर समूहमा जाने उहाँले बताउनुभयो ।
यसअघिको खोप कार्यक्रममा ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने सरकारको निर्णय भए पनि खोपको अभावका कारण संशोधित गरेर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई प्रदान गरिएको थियो ।