• सोमबार, १५ भदौ २०८३
  • images

    स्तनपानबाट कोरोना भाइरस सर्दैन : अध्ययन

    स्तनपानबाट कोरोना भाइरस सर्दैन : अध्ययन

    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    स्तनपानबाट कोरोना भाइरस सर्दैन : अध्ययन


    कोरोना सङ्क्रमित महिलाले स्तनपानबाट बच्चामा भाइरस सरेको अहिलेसम्म कुनै प्रमाण नभेटिएको अध्ययनले देखाएको छ ।

    पेडियाट्रिक रिसर्च जर्नलमा प्रकाशित अध्ययनअनुसार आमाको दूधमा कोरोना भाइरसको आनुवंशिक तत्व एकदमै थोरै मात्रा पाइएको छ । यसबाट भाइरस बढ्ने र दूधका कारण बच्चा सङ्क्रमित हुन सक्न, कुनै क्लिनिकल प्रमाण फेला नपरेको वैज्ञानिकहरू बताउँछन् ।

    युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरूले अनुसन्धानमा एक सय १० महिलाको स्तनको दूध परीक्षण गरेका थिए ।यी आमाहरूले विश्वविद्यालय अनुसन्धानको लागि आफ्नो नमुनाहरू दान गरेका हुन् ।

    तीमध्ये ६५ महिला सङ्क्रमित थिए । नौ जना महिलामा भाइरसको लक्षण देखिए पनि उनीहरूको रिपोर्ट नेगेटिभ आएको थियो । यसबाहेक लक्षण देखिए पनि परीक्षण नगर्ने ३६ जना महिला थिए । वैज्ञानिकहरूले एक सय १० नमुनाहरू मध्ये ६ प्रतिशत ९सात जना० स्तनपान गराउने महिलाहरूमा कोरोना भाइरसको मूल रूपको आनुवंशिक सामग्री फेला पारेका थिए । 

    अनुसन्धानको दोस्रो चरणमा अन्वेषकहरूले यी महिलाबाट पुन दूधको नमूना लिएका थिए । एक देखि ९७ दिनको बीचमा लिइएका यी नमुनाहरूमा कोरोनाको आनुवंशिक सामग्री फेला नपरेपछि भाइरस दूधमा नफैलिने अध्ययनको निष्कर्ष रहेको छ । अनुसन्धानका प्रमुख वैज्ञानिक पल क्रोगस्टाडका अनुसार शिशुका लागि आमाको दूध पोषणको ठूलो स्रोत हो । 

    अनुसन्धानमा कोभिड–१९ बाट सङ्क्रमित आमाको दूधमा कोरोना भाइरस फैलिने र यसले शिशुलाई सङ्क्रमण गरेको कुनै प्रमाण नभेटिएको उनले बताए । शिशुहरू स्तनपानबाट जोखिममा नरहेको उनको भनाइ छ ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार