• सोमबार, १५ भदौ २०८३
  • images

    रित्तिदै चिकित्सा क्षेत्र, एमबीबीएस पास भएका ४३ मध्ये ४१ जनाको विदेश जानका लागि आवेदन 

    रित्तिदै चिकित्सा क्षेत्र, एमबीबीएस पास भएका ४३ मध्ये ४१ जनाको विदेश जानका लागि आवेदन 

    सोमबार, फागुन १२ २०८१
    सोमबार, फागुन १२ २०८१
    रित्तिदै चिकित्सा क्षेत्र, एमबीबीएस पास भएका ४३ मध्ये ४१ जनाको  विदेश जानका लागि आवेदन 

    काठमाडौं,१२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले देशको युवा जनशक्ति विदेशिने दर तीव्र रूपमा बढ्दै गएको बताउनुभएको छ । 

    सोमबार प्रतिनिधिसभामा बोल्दै सिंहले नेपालमा भविष्य नदेखेका कारण धेरै युवा विदेशिने निर्णय गर्न बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले  उदाहरणका रूपमा टिचिङ अस्पतालका ४३ एमबीबीएस पास गरेका विद्यार्थीहरूमध्ये ४१ जनाले विदेश जानका लागि निवेदन दिएको खुलासा गर्नुभयो ।

    ‘हालै नेपालकै उत्कृष्ट चिकित्सा संस्थामध्ये एक, टिचिङ अस्पतालबाट एमबीबीएस उत्तीर्ण गरेका ४३ मध्ये ४१ जनाले नेपालमा अवसर नदेखेपछि विदेशमा अभ्यास र थप अध्ययनका लागि आवेदन दिइसकेका छन्,’ उहाँले भन्नुभयो । 
    सिंहले सरकार र सम्बन्धित मन्त्रालयको ध्यान यस समस्यातर्फ जानु आवश्यक रहेको बताउँदै, योग्य युवा जनशक्तिलाई स्वदेशमै रोक्न ठोस नीति आवश्यक रहेको जोड दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार