• सोमबार, १५ भदौ २०८३
  • images

    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकमाथि हातपात

    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकमाथि हातपात

    हेल्दीखबर
    मंगलबार, पुस २७ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २७ २०७८
    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड, चिकित्सकमाथि हातपात

     नुवाकोट । उपचारको विषयलाई लिएर अस्पताल तोडफोड भएको छ। अत्याधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले नुवाकोटस्थित त्रिशुली अस्पतालमा तोडफोड गरेका हुन् । बिरामीका आफन्तले अस्पतालका कर्मचारीमाथि हातपात तथा  दुर्व्यवहार गरेका छन् ।अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले अस्पतालका विशेषज्ञ चिकित्सहरुले बिरामीलाई बचाउन हरसम्भव सबै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो।  सोमबार राति ११ः५० बजे २७ वर्षीया स्थानीय महिलाको प्रसुती गराउने क्रममा अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको विषयलाई लिएर   अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दैं बिरामीका आफन्तहरु  त्रिशुली अस्पतालको पेडियाट्रिक ओपीडी, इसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीमा तोडफोड गरेका हुन् । उनिहरुले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथि पनि  दुर्व्यवहार गरेका छन् । बिरामी बचाउन नसकेपछि अस्पतालको लापरवाही भन्दैं करिब तिन  सय जना स्थानीयहरु आएर अस्पतालको झ्याल ढोकाहरु तोडफोड गरेका थिए।  । उनिहरुले अस्पतालका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीमाथि पनि दुर्वहार गरेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार