चितवन, १८ असोज । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर तोडफोड गरेका हुन् ।तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताउनुभयो ।धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौंको क्षति भएको छ, चिकित्सक तथा नर्सहरु माथि समेत हातपात भएको छ’ देवकोटाले भन्नुभयो ‘संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।’ मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।
अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको छ ।
कुवँरको उपचारमा कुनै कमजोरी नभएको अस्पताल प्रशासनले जनाएको छ । देवकोटाका अनुसार उनलाई प्यानक्रियाटाइटिस भएको र सोको तिब्र संक्रमणको कारणले शारिरीक रुपमा स्थिर राख्ने अंग जस्तै फोक्सो, मिर्गौला, स्वासप्रस्वास मा संक्रमण फैलिएको र काम गर्न अवस्थामा समेत कमजोर भएपछि उनको मृत्यु भएको थियो।
घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा प्रहरीले नयाँ पत्रिका कर्मी विवेक पोख्रेलको क्यामरा बन्द गराउने र रिपोर्टिङ गर्न समेत अवरोध गरेका थिए।