• सोमबार, १५ भदौ २०८३
  • images

    माओवादी अध्यक्ष प्रचण्ड र स्वकीय सचिवलाई कोरोना संक्रमण

    माओवादी अध्यक्ष प्रचण्ड र स्वकीय सचिवलाई कोरोना संक्रमण

    हेल्दीखबर
    शनिबार, पुस २४ २०७८
    हेल्दीखबर
    शनिबार, पुस २४ २०७८
    माओवादी अध्यक्ष प्रचण्ड र स्वकीय सचिवलाई कोरोना संक्रमण


    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ । 
    स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार एन्टीजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोभिड –१९ पोजेटिभ देखिएको हो । प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
    प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड अहिले निवासमै आइसोलेट हुनुहुन्छ ।  सचिवालयले पछिल्लो केही दिनयता प्रचण्डसंग सम्पर्कमा भएकाहरुले स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
    स्वकीय सचिव मल्लले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार