• सोमबार, १५ भदौ २०८३
  • images

    एक डाेज मात्रै लगाए पुग्ने १५ लाख ३४ हजार खोप आउने पक्का

    एक डाेज मात्रै लगाए पुग्ने १५ लाख ३४ हजार खोप आउने पक्का

    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    एक डाेज मात्रै लगाए पुग्ने १५ लाख ३४ हजार खोप आउने पक्का

    काठमाडौं,२४ असार ।  एक महिनाभित्र जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना विरुद्धको खोप नेपाल आउने पक्का भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभ्याक्स सुबिधा  मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप आउने जानकारी दिएको हो।

    'कोभ्याक्स फ्यासिलिटि मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन मात्रा नेपाल आयात गर्नका लागि अनुमति प्रदान गरिदिनुहुन निर्देशानुसार अनुरोध छ' मन्त्रालयले विभागमा पठाएको पत्रमा उल्लेख छ।

    कोभ्याक्स अन्तर्गत सुरुमा जोन्सन एन्ड जोन्सनबाट ६ लाख डोज खोप आउने बताइएको थियो। तर अहिले १५ लाख भन्दा बढी खोप आउने निश्चित भएको हो। मन्त्रालयले खोप आउने पक्का भएपछि आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्र पठाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार