काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले पुस ८ देखि १० गतेसम्म लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले आज नतिजा सार्वजनिक गर्दै ५६.८४ प्रतिशत उत्तीर्ण भएको जनाएको छ ।
परीक्षामा मास्टर, ब्याचलर र प्रमाणपत्र तीन तहका गरी २ हजार ६४८ परीक्षार्थी सहभागी भएका थिए। ११२ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए। प्रमाणपत्र तहमा १ हजार ८ सय ११ जनाले फारम भरेकोमा ९ सय ६६ जना पास भएको परिषदले जनाएको छ।
ब्याचलर तहमा ७ सय ९७ जनामा ४५४ जना र मास्टर तहमा ७६ जनाले परीक्षा दिएकोमा ४२ जना उत्तीर्ण भएका छन्।