• सोमबार, १५ भदौ २०८३
  • images

    कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलो पटक एमविविएस पढाउन सुरु 

    कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलो पटक एमविविएस पढाउन सुरु 

    हेल्दीखबर
    आइतबार, मंसिर १९ २०७८
    हेल्दीखबर
    आइतबार, मंसिर १९ २०७८
    कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पहिलो पटक एमविविएस पढाउन सुरु 


    काठमाडौं । आजबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षामा स्नातक अध्ययन गराउन सुरु गरेको छ । 
    चिकित्सा शिक्षा आयोगले पहिलो पटक स्नातक तहमा अध्ययन गराउन स्वीकृति दिएपछि प्रतिष्ठानले आजबाट स्नातक तहमा अध्ययन गराउन सुरु गरेको हो । 
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आजबाट अभिमुखिकरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले औपचारिक रुपमा भने मंसिर २६ गतेदेखि नियमित अध्ययन सुरु हुने जानकारी पनि दिनुभयो । 
    चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तह (एमबीबीएस)मा भर्नाका लागि २० सिट तोकिदिएको छ । आयोगले तोके अनुसार भर्ना लिई आजबाट पढाइ सुरु भएको हो । 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक एमविविएस सुरु भएको हो । एमविविएस सहित वि फार्मा,स्नातक तहमा नर्सिङ र जनस्वास्थ्यको लागि अध्ययन सुरु भएको छ ।  
    चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो वर्षबाट एमविविएसमा २० जना भर्नाका लागि सिट संख्या निर्धारण गरेको थियो । 
    यस्तै वि फर्मा,विएन नर्सिङमा पनि आयोगल २० जना पढाउन पाउने गरी मान्यता दिएको छ । 
    उहाँले २० सिटमध्ये  १५ सिट पूर्ण छात्रबृत्तिको हुने छ भने पाँच सिट सशुल्कमा अध्ययन गराइने छ । 
    यसअघि प्रतिष्ठानमा पिसिएल नर्सिङमा ४० जना, हेल्थ असिष्टेन्टमा ४० जना, एनेस्थेसिया असिष्टेन्ट,एमडिएमएस र  एमडिजिपीमा समेत अध्ययन भइरहेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार