• सोमबार, १५ भदौ २०८३
  • images

    चीनमा अध्ययन गरेका विद्यार्थीले सम्बन्धित विश्वविद्यालयमै इन्र्टर्नशीप गर्नुपर्ने सरकारको निर्णय

    चीनमा अध्ययन गरेका विद्यार्थीले सम्बन्धित विश्वविद्यालयमै इन्र्टर्नशीप गर्नुपर्ने सरकारको निर्णय

    हेल्दीखबर
    शनिबार, मंसिर १८ २०७८
    हेल्दीखबर
    शनिबार, मंसिर १८ २०७८
    चीनमा अध्ययन गरेका विद्यार्थीले सम्बन्धित विश्वविद्यालयमै  इन्र्टर्नशीप गर्नुपर्ने सरकारको निर्णय


    काठमाडौं । विदेशका कलेजमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरुले सोही  विश्वविद्यालयबाट इन्टर्नशीप गर्नुपर्ने बताएको छ।  एउटा विश्वविद्यालयबाट अध्ययन गरेर अन्यत्रबाट इन्टर्नशीप गराउन नसकिने सरकारले प्रष्ट पारेको छ। सरकारको यो निर्णयसंगै । सरकारले जहाँबाट पढाई सुरु भएको हो त्यहिबाट सक्नुपर्ने निर्णय गरेपछि उनीहरुले अन्यत्रबाट पढाई पुरा गर्न नपाउने भएका हुन् । सरकारको यो निर्णय संगै अब चिन बाट अध्ययन गरेर आएका विधार्थी मारमा परेका छन् । 
    सन् २०१६, ०१७, ०१८ र ०१९ मा विदेशका विभिन्न कलेजमा भर्ना भई एमबीबीएस पढाई सुरु गरेका नेपाली विद्यार्थीहरुले कोभिडको कारण देखाउँदै बाँकी पढाई नेपालबाट पुरा गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । 
    शुक्रबार शिक्षा मन्त्री, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, निर्देशकहरु, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति तथा डिनहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा रजिष्टार, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव तथा सहसचिवहरुको सर्वपक्षीय बैठकले विद्यार्थीहरुलाई सम्वन्धित विश्वविद्यालयमै उपस्थित भएर पढाई पुरा गर्नुपर्ने निर्णय गरेको हो ।
    बैठकले बरु विद्यार्थीहरुलाई ती देशमा फर्काउनका लागि सरकारका तर्फबाट कुटनीतिक पहल गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले शुक्रबार जारी गरेको विज्ञप्तीमा समस्याको सकारात्मक रुपमा निकास दिनका लागि आवश्यक सबैखालको पहल गर्ने समेत उल्लेख गरिएको छ ।
    यसअघि सरकारले सन् २०१४ र २०१५ मा चीनमा अध्ययन पुरा गरी इन्टर्नशीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई नेपालका मेडिकल कलेजहरुमा इन्टर्नशीप गर्न पाउने व्यवस्था मिलाएको थियो ।
    आफू भन्दा सिनियन दुई व्याँचले स्वदेशमै पढाई पुरा गर्न पाएपछि बाँकी ब्याचका विद्यार्थीले पनि त्यसैगरी स्वदेशमै बसी पढाई पुरा गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गर्दै आएका थिए । उनीहरुले पछिल्लो समय नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र माइतीघरमा समेत प्रदर्शन गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार